नेकपा (माओवादी केन्द्र) समाज कल्याण विभागले ‘सामाजिक न्याय, सुशासन र समृद्धि’ अभियानलाई केन्द्रमा राखेर सामाजिक अभियन्ताहरूबीच अन्तरक्रिया गर्ने भएको छ।
यही जेठ २५ र २६ गते गर्न लागेको भेलामा देशभरबाट तीन सय जनाभन्दा बढी सामाजिक अभियन्ता काठमाडौं आउने विभागका प्रमुख सत्या पहाडीले जानकारी दिइन्।
उनकाअनुसार ‘सामाजिक न्याय, सुशासन र समृद्धिको यात्रा, सामाजिक अभियन्ताहरूको अर्थपूर्ण सहभागिता र हाम्रो प्रतिबद्धता’ नारामा आधारित भएर भेला गरिनेछ।
भेलाले काठमाडौं घोषणा पत्र जारी गर्नेछ।
यो भेलाबाट सरकारले तय गरेको सामाजिक रुपान्तरणको अभियानमा सामाजिक सङ्घसंस्थालाई सहभागी गराउने तयारी छ।