सरकारले दानबहादुर कार्कीलाई नेपाल प्रहरीको प्रहरी महानिरीक्षक (आइजिपी) पदबाट हटाउने निर्णय गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई आइजिपी पदबाट हटाउने निर्णय गरेको हो।
उनको ठाउँमा मनोज केसीलाई सरकारले आइजिपी बनाउने निर्णय गरेको छ। एआइजी केसी नेपाल प्रहरीको अपराध अनुसन्धान विभागमा कार्यरत थिए।
पदबाट हटाइएका कार्की अब प्रधानमन्त्री बालेन शाहको प्रमुख सुरक्षा सल्लाहकार बनाउने निर्णय भएको पनि सूचना तथा सञ्चार मन्त्री विक्रम तिमिल्सिनाले जानकारी दिएका छन्।
पछिल्लो समय विभिन्न सञ्चार गृह र पत्रकारहरूलाई प्रहरीले धरपकड गरेपछि कार्कीको आलोचना भएको थियो।