सरकारले भारत, अमेरिका, बेलायत लगायत ११ देशका राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्।
‘भारत, अमेरिका, बेलायत, कतार, साउदी अरेबिया, दक्षिण कोरिया, मलेसिया, पर्चुगल, स्पेन, डेनमार्क र इसराइलका राजदूतलाई फिर्ता बोलाउने निर्णय भएको छ,’ उनले भनिन्।
यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन दिल्ली जाने भएका छन्।
‘उक्त समारोहमा जानका लागि आवश्यक टोली निर्माण हुनेछ,’ उनले भनिन्।