मधेस प्रदेशमा सरकार गठनका लागि दिएको समय आज सकिँदैछ। मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत प्राप्त गर्न नसकेपछि प्रदेश प्रमुख सुमित्रादेवी भण्डारीले शुक्रबार बिहान १० बजेसम्म नयाँ सरकार गठनका लागि दाबी पेश गर्न समय दिएकी थिइन्।
प्रदेश प्रमुख भण्डारीले संविधानको धारा १६८ (२) अनुसार सरकार गठनका लागि आह्वान गरेकी हुन्।
सत्ता गठबन्धनले जनमत पार्टीको नेतृत्वमा सरकार गठन गर्ने सहमति गरिसकेको छ। प्रदेशको सबैभन्दा ठूलो दल नेकपा (एमाले), माओवादी केन्द्र, एकीकृत समाजवादीसहित चार दलले जनमत पार्टीको नेतृत्वमा सरकार गठन गर्ने सहमति गरेका हुन्।
जनमतले सप्तरी २(१) बाट निर्वाचित सांसद सतिश सिंहलाई मुख्यमन्त्रीका रूपमा अघि सार्ने निर्णय गरेको छ।