कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई दिइएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' भारतको दुई दिने भ्रमणका लागि गएकोले महासेठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको हो।
प्रधानमन्त्री दाहाल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा भाग लिन आइतबार दिउँसो नयाँ दिल्ली प्रस्थान गरेका थिए। दाहाल भारत पुगिसकेका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री दाहालको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधान बमोजिम गर्न मन्त्री महासेठलाई कार्यवाहक प्रधानमन्त्री तोकेका छन्।
प्रधानमन्त्रीको सिफारिसमा महासेठलाई कार्यवाहक प्रधानमन्त्री तोकिएको हो। प्रधानमन्त्री दाहाल सोमबार स्वदेश फर्किने कार्यक्रम छ।