नेपाली कांग्रेसले पार्टीबाट २०७९ मा भएको स्थानीय तह निर्वाचनमा उम्मेदवार भई निर्वाचित भएका स्थानीय तह (गाउँपालिका र नगरपालिका) प्रमुखलाई सम्मान गरेको छ।
केन्द्रीय सदस्य मधु आचार्य प्रमुख रहेको स्थानीय तह समन्वय विभागले केन्द्रीय कार्यालय सानेपामा बिहीबार कार्यक्रम गरी उत्कृष्ट काम गर्नेहरूलाई सम्मान गरेको हो।
सभापति शेरबहादुर देउवाले उत्कृष्ट काम गरेका स्थानीय तह प्रमुखहरूलाई सम्मान गरेका हुन्। कांग्रेसले २०७९ को स्थानीय तह चुनावमा तीन सय २९ वटामा प्रमुख पद जितेमा तीमध्ये उत्कृष्ट काम गरेकोलाई सम्मान गरेको हो।
विभागले दिएको जानकारीअनुसार धादिङको नेत्रावती दबजोङ गाउँपालिका अध्यक्ष मेघनाथ रिजाल, नुवाकोटको म्यागङ गाउँपालिका अध्यक्ष आशा तामाङ, सर्लाहीको विष्णु गाउँपालिका अध्यक्ष जवाहरलाल यादव, काठमाडौंको नाजार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेत, सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पा, काभ्रेको पनौती नगरपालिकाका मेयर रामशरण भण्डारीलाई सम्मान गरिएको छ।
साथै स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका अध्यक्ष प्रकाश तिवारी, पर्वतको जलजला गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्य, गुल्मीको मदाने गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर कुँवर, धादिङको ज्वालामुखी गाउँपालिका अध्यक्ष यमना दनै, धादिङकै नीलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुंगाना, रूपन्देहीको तिलोत्तमा नगरपालिकाका मेयर रामकृष्ण खाँण, चितवनको रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटालाई पनि सम्मान गरेको कांग्रेसले जनाएको छ।
विभागले सिन्धुलीको ध्याङलेख गाउँपालिका अध्यक्ष जगतबहादुर भोलन, दैलेखको महाबु गाउँपालिका कार्यवाहक अध्यक्ष मञ्जुकुमारी शर्मा, हुम्लाको सर्केगाड गाउँपालिका अध्यक्ष ठानबहादुर रोकाय, इलाम नगरपालिकाका मेयर केदार थापा, चितवनको खैरहनी नगरपालिका मेयर शशीकुमार खनियाँ, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका मेयर आइतमान तामाङ, खोटाङको हलेसी तुवाचुङ नगरपालिका मेयर विमला राईलाई सम्मान गरिएको हो।
कार्यक्रममा सभापति शेरबहादुर देउवाले संघ, प्रदेश र स्थानीय तह मिलेर काम गर्नुपर्नेमा जोड दिए। साथै उनले पार्टीलाई बलियो बनाउन पनि आग्रह गरेका छन्।
महामन्त्री गगन थापाले केही समयमा स्थानीय तहमा रिक्त रहेका ठाउँमा उपनिर्वाचन हुने भएकोले त्यसको तयारी गरिनुपर्ने बताए।
‘केही समयभित्रै ३४ ठाउँमा उपनिर्वाचन हुँदैछ। तीमध्ये विभिन्न २१ पद यसअघि कांग्रेसले जितेको हो त्यो जितलाई कायमै राख्दै बाँकी मेहनत गर्नुपर्नेछ,’ उनले भने।
स्थानीय विभाग प्रमुख मधु आचार्यले महालेखा परीक्षकलगायत विभिन्न सरकारी निकायले स्थानीय तहहरूलाई दिएका नम्बरका आधारमा उत्कृष्ट काम गरेका पार्टीबाट टिकट लिई निर्वाचित गाउँपालिका अध्यक्ष र नगरपालिका प्रमुखलाई सम्मान गरिएको बताए।
गाउँपालिका राष्ट्रिय महासंघकी अध्यक्ष लक्ष्मीदेवी पाण्डेले महिला प्रतिनिधित्व कम रहेकोले अर्कोपटक टिकट दिँदा पार्टीले ध्यान पुर्याउने पर्ने बताइन्।
साथै नगरपालिका संघका अध्यक्ष भीम ढुंगानाले स्थानीय तह संघीयताको जग भएकोले यसलाई बलियो बनाउन सके पार्टी पनि बलियो हुने बताएका छन्।
तस्बिरहरू:
-1726139795.jpeg)
-1726139794.jpeg)
-1726139794.jpeg)
-1726139794.jpeg)
-1726139794.jpeg)
-1726139793.jpeg)
-1726139793.jpeg)
-1726139792.jpeg)
-1726139792.jpeg)
-1726139792.jpeg)
-1726139792.jpeg)
-1726139791.jpeg)
-1726139791.jpeg)
-1726139791.jpeg)
-1726139790.jpeg)
-1726139790.jpeg)
-1726139790.jpeg)
-1726139789.jpeg)
-1726139789.jpeg)
-1726139789.jpeg)
-1726139789.jpeg)
-1726139788.jpeg)
-1726139788.jpeg)
-1726139788.jpeg)
-1726139788.jpeg)
-1726139787.jpeg)
-1726139787.jpeg)