नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले अहिलेसम्म ७७ मध्ये २४ जिल्लामा अधिवेशन सकिएको बताएको छ।
उक्त पक्षले सहमतिमै जिल्ला सभापतिसहित पदाधिकारी र सदस्य चयन गरेको हो।
देउवा पक्षले सुरूमा एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएका जिल्ला अधिवेशन गरेको थियो।
जिल्ला अधिवेशन मिति भने कार्यतालिकाअनुसार कात्तिक १५ गतेका लागि थियो।
तोकिएको समयसम्म २४ जिल्लामा मात्रै अधिवेशन सकिएको छ भने डडेल्धुरा, धादिङ, बाजुरा र दाङमा अधिवेशन जारी छ।
देउवा पक्षले बाँकी जिल्लामा एक दुई दिनभित्रै अधिवेशन गरिने जनाएको छ।
त्यसपछि मंसिर ४ मा प्रदेश अधिवेशन र मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंको खुलामञ्चमा १५ औं महाधिवेशन हुनेछ।
पूर्वमहामन्त्री शशांक कोइरालालाई १५ औं महाधिवेशन तयारी समिति संयोजक बनाएर अधिवेशन प्रारम्भ भएको थियो।
कुन जिल्लामा को भए सभापति?
१. संखुवासभा- रामकुमार जिमी
२. डोल्पा- देउप्रसाद बुढा
३. हुम्ला- सूर्यबहादुर शाही
४. जुम्ला- नेत्रकला शाही
५. मुगु- तिलक मल्ल
६. रूकुम पश्चिम- नन्दबहादुर विष्ट
७. कालिकोट- नगेन्द्र विष्ट
८. डोटी- बाजीसिंह खड्का
९. बैतडी- वीरबहादुर विष्ट
१०. रोल्पा- मानबहादुर खत्री
११. भोजपुर- धर्मराज राई
१२. दैलेख- दिनेशकुमार हमाल
१३. दार्चुला- सुरेन्द्र अवस्थी
१४. सल्यान- दीपक चन्द
१५. धनुषा- कोमलकान्त झा
१६. चितवन- मिलनबाबु श्रेष्ठ
१७. प्यूठान- देवेन्द्र बर्मा
१८. कपिलवस्तु- राजेश सिंह
१९. पर्वत- यमबहादुर मल्ल (रामकृष्ण)
२०. म्याग्दी- हिराबहादुर पुन
२१. बारा- राजेश राय यादव
२२. झापा- कृष्ण हुमागाईं
२३. कास्की- ऋषिराम काफ्ले
२४. सिन्धुपाल्चोक- बालकृष्ण बस्नेत।