जल तथा मौसम विज्ञान विभागले सोमबारको तुलनामा मंगलबार झन् बढी गर्मी हुने सम्भावना देखाएको छ।
मौसमविद् विनोद पोखरेलले पनि मंगलबार झन् बढी गर्मी हुने बताएका छन्।
सोमबार नेपालगञ्जको अधिकतमक तापक्रम ४१ डिग्री सेल्सियस पुगेको थियो। काठमाडौंको अधिकतमत तापक्रम ३१.६ डिग्री पुगेको थियो। त्यस्तै धनगढीको ४०.२, भैरहवाको ४०.० डिग्री सेल्सियस पुगेको थियो। मौसमविद् पोखरेलले मंगलबार १–२ डिग्री अझ बढ्ने सम्भावना देखाएका छन्।
विभागका अनुसार मंगलबार नेपालगञ्जको अधिकतम तापक्रम ३९–४१, भैरहवाका ३९–४१, धनगढीको ३९–४१, दाङको ३९–४१, विराटनगरको ३६–३८, दिपायलको ३७–३९, घोराहीको ३५–३७, वीरगञ्जको ३६–३८, धरानको ३५–३७, सिमराको ३६–३८ ४०.० डिग्री सेल्सियस रहने अनुमान गरिएको छ।
मौसमविद पोखरेलले बुधबारदेखि तापक्रम घट्ने बताएका छन्। बिहीबारदेखि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेकाले गर्मी कम हुने उनको प्रक्षेपण छ। मौसमविद पोखरेलले बुधबारदेखि तापक्रम घट्ने बताएका छन्। बिहीबारदेखि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेकाले गर्मी कम हुने उनको प्रक्षेपण छ।
मौसमविद पोखरेलले बुधबारदेखि तापक्रम घट्ने बताएका छन्। बिहीबारदेखि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेकाले गर्मी कम हुने उनको प्रक्षेपण छ।
सोमबार राति सुदूरपश्चिम र गण्डकीमा वर्षा गराउने बादल सक्रिय भएकाले उल्लेख्य पानी परेको बताए।
पछिल्लो ६ घन्टाको अवधिमा स्याङ्जामा ६१.४, पोखरामा ३३.२, पाल्पामा ३८.८, स्याङ्जाको मालुङ्गामा २१.२, पाल्पाको कुमालगाउँमा २१.४ मिलिमिटर वर्षा भएको थियो।
त्यस्तै म्याग्दी दरबाङमा २१.८ मिलिमिटर वर्षा भएको थियो।
उता सुदूरपश्चिमको बाजुराको ओलेना केन्द्रमा ४६.२, दार्चुलाको गोकुलेश्वरमा २९.४ मिलिमिटर वर्षा भएको थियो।
मंगलबार त्यो बादल लुम्बिनी र कर्णालीतिर सरिरहेकाले ती प्रदेशमा पनि वर्षाको सम्भावना रहेको उनले बताएका छन्।