नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा नेता–कार्यकर्ताको चहलपहल देखिएको छ।
भदौ २३ र २४ गतेको जेन–जी विद्रोहपछि केन्द्रीय कार्य समिति बैठक पहिलो पटक बस्न लागेको छ।
यो केन्द्रीय कार्य समिति बैठकले पार्टीको महाधिवेशनको टुंगो लगाउने छ। अहिले पार्टीभित्र विशेष महाधिवेशन गर्ने कि नियमित महाधिवेशन गर्ने भन्ने बहस छ। नियमित महाधिवेशनमा नजाने हो भने विशेष महाधिवेशन गर्नुपर्छ भनेर महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले हस्ताक्षर अभियानसमेत चलाएका छन्।
जेन–जी विद्रोहपछि बस्न लागेको बैठक भएकाले पनि नेता–कार्यकर्ताले यो बैठकलाई उत्सुकतापूर्वक हेरेका छन्।
त्यसो त जेन–जी विद्रोहपछि सार्वजनिक कार्यक्रममा पहिलोपटक पार्टी सभापति शेरबहादुर देउवा सहभागी हुँदैछन्। नेताहरूले दिएको जानकारी अनुसार मंगलबारको बैठक स्थगित गर्ने तयारी गरिएको छ। पार्टी सभापति देउवा आएपछि संक्षिप्त बैठक बस्ने र स्थगित गरिएको जानकारी दिइनेछ। केन्द्रीय समितिमा पेस गर्ने कार्यसूचीमा सभापति र महामन्त्रीबीच कुरा नमिलेपछि बैठक सर्न लागेको हो।
-1760427022.jpeg)
-1760427022.jpeg)
-1760427022.jpeg)
-1760427020.jpeg)
-1760427019.jpeg)
-1760427019.jpeg)
-1760427016.jpeg)
-1760427016.jpeg)
-1760427014.jpeg)
-1760427014.jpeg)
-1760427013.jpeg)
-1760427012.jpeg)
-1760427012.jpeg)
-1760427011.jpeg)
-1760427011.jpeg)
-1760427010.jpeg)
-1760427010.jpeg)
-1760427010.jpeg)
-1760427009.jpeg)
-1760427008.jpeg)
-1760427007.jpeg)
-1760427008.jpeg)
-1760427006.jpeg)
-1760427007.jpeg)
-1760427006.jpeg)
-1760427005.jpeg)
-1760427004.jpeg)
-1760427005.jpeg)
-1760427004.jpeg)
-1760427002.jpeg)
-1760427002.jpeg)