अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले सचिवालय संख्या कटौती गरेकी छन्। २० सदस्यीय सचिवालयबाट कार्कीले १४ जनालाई हटाएकी हुन्।
अब उनको सचिवालय ६ सदस्यीय भएको छ। यी ६ जना पहिले नियुक्त व्यक्तिहरू नै भएको प्रधानमन्त्री कार्यालयका सहसचिव हेमराज अर्यालले जानकारी दिए।
यस अनुसार यो कटौतीमा पनि प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठ कायम रहने छन्। उनकी श्रीमती संगीता श्रेष्ठ भने हटाइएकी छन्।
अब कार्कीको सचिवालयमा प्रमुख स्वकीय सचिव, मुख्य सल्लाहकार, जनसम्पर्क सल्लाहकार, प्रेस संयोजक, स्वकीय शाखा अधिकृत (फोटोग्राफर) र जनस्वास्थ्य विज्ञ मात्र रहने छन्।
प्रधानमन्त्रीका स्वकीय सचिव आदर्श श्रेष्ठले श्रीमती संगीतालाई सचिवालयमा नियुक्ति गरेको सार्वजनिक भएपछि प्रधानमन्त्री कार्की विवादमा मुछिएकी थिइन्। श्रीमती नियुक्तिको विवादमा परेका आदर्शलाई भने प्रधानमन्त्रीले सचिवालयमा कायम राखिएको छ।
जेनजी आन्दोलनको प्रतिनिधिका रूपमा सचिवालयमा परेकाहरुलाई समेत प्रधानमन्त्री कार्कीले हटाएकी छन्। जेनजी आन्दोलनका अभियानी प्रदीप ज्ञवाली, आकृती घिमिरे लगायतलाई सचिवालयबाट हटाइएको हो।

यो पनि पढ्नुहोस्: