राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले गृहमन्त्री ओमप्रकाश अर्याललाई छलफलमा बोलाएको छ।
बिहीबार दिउँसो साढे १ बजे विधायन समितिको बैठक बस्दैछ। सोही बैठकमा छलफलका लागि समितिले गृहमन्त्रीलाई बोलाएको हो।
बैठकमा समसामयिक र विविध विषयमा छलफल गर्ने कार्यसूची छ।
छलफलमा गृहमन्त्रीसँगै गृह सचिवालाई पनि बोलाइएको समितिले जनाएको छ।