मुस्कान खातुन नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेकी छन्।
उनलाई आज राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' र सहसंयोजक माधवकुमार नेपालले पार्टीमा प्रवेश गराएका हुन्।
संयोजक प्रचण्डको सचिवालयका अनुसार खातुन १०० जना जेनजी पुस्ताका युवाहरूसहित पार्टीमा प्रवेश गरेकी हुन्।
सहसंयोजक माधवकुमार नेपालले खातुनलाई केन्द्रीय सदस्य बनाइने बताएका छन्।
पर्साकी खातुन केही वर्षअघि एसिड आक्रमणमा परेकी थिइन्।