नेपाली कम्युनिस्ट पार्टीले सोमबार कोशीमा एकता सन्देश सभा गर्दैछ।
कोशी प्रदेस्तरीय सन्देश सभा मोरङको विराटनगरमा हुँदैछ।
विराटनगरको कार्यक्रममा पार्टी संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' सह-संयोजक माधवकुमार नेपाल, नेताहरू झलनाथ खनाल, वामदेव गौतमसहित प्रदेश तहका नेताहरूले सम्बोधन गर्नेछन्।
कात्तिक १९ गते विभिन्न वाम घटकहरूबीच एकता भई नेपाली कम्युनिस्ट पार्टी गठन भएको थियो।
त्यसपछि एकताको सन्देश दिन नेकपा शुक्रबारदेखि प्रदेश दौडाहामा छ।
पहिलो दिन सुदूरपश्चिम प्रदेशको कार्यक्रम धनगढीमा भएको थियो। शनिबार लुम्बिनी प्रदेशको सन्देश सभा दाङको लमहीमा भएको थियो।
त्यस्तै आइतबार गण्डकी प्रदेशस्तरीय सन्देश सभा पोखरामा भएको थियो।
मंसिर १६ गते उपत्यका विशेष प्रदेश, १८ गते कर्णाली, २० गते मेधस, २१ गते प्रवास,२२ गते संघीय सम्पर्क समन्वय प्रदेश र २३ गते बागमती प्रदेशमा सन्देश सभा हुनेछ।