नेपाली कांग्रेसले पुस २६ देखि २८ गतेसम्म १५ औं महाधिवेशन गर्ने निर्णय गरेको छ।
आज सानेपामा कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको केन्द्रीय कार्यसमिति बैठकले सर्वसम्मत रूपमा महाधिवेशन कार्यतालिका ल्याउने निर्णय गरेको हो।
यस्तो छ कार्यतालिका;
- केन्द्रबाट नयाँ क्रियाशील फारम वितरण- मंसिर २० गतेभित्र
- प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति हुँदै वडासम्म नयाँ क्रियाशील सदस्यको फारम पठाउने अवधि- मंसिर २४ गतेभित्र।
- एक मात्र निर्वाचन क्षेत्र भएका जिल्ला र दुई वा दुईभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएका जिल्लामा प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले नयाँ क्रियाशील सदस्यताको कार्य सम्पन्न गर्ने अवधि- पुस ८ गतेभित्र।
- एक मात्र निर्वाचन क्षेत्र भएको जिल्लामा वितरण भएको नयाँ क्रियाशील सदस्यको सूची जिल्ला कार्यसमितिले प्रकाशित गरी केन्द्रमा पठाउने अवधि- पुस १० गतेभित्र।
- दुई वा दुईभन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लामा वितरण भएको नयाँ क्रियाशील सदस्यको सूची प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले प्रकाशित गरी जिल्ला कार्यसमिति र केन्द्रमा पठाउने अवधि- पुस ११ भित्र।
- नयाँ क्रियाशील सदस्यताउपर छानबिन गरी निर्णयअनुसार सूची प्रकाशित गरेर केन्द्रमा पठाउने- पुस १२ गतेभित्र।
- क्रियाशील सदस्यको अन्तिम सूची तयार गरी सभापति/कार्यवाहक सभापतिलाई बुझाउने अवधि- पुस १४ गते।
- केन्द्रीय कार्यालयले सभापति/कार्यवाहक सभापतिबाट प्रमाणित क्रियाशील सदस्यताको नामावलीको अन्तिम सूची केन्द्रीय निर्वाचन समितिलाई बुझाउने अवधि- पुस १४ गतेभित्र।
- नेपाली जनसम्पर्क समितिको अधिवेशन- पुस १५ गते।
- गाउँ/नगर वडा अधिवेशन- पुस १६ गते।
- गाउँ/नगरपालिका अधिवेशन- पुस १७ गते।
- प्रदेश सभा क्षेत्रीय अधिवेशन- पुस १९ गते।
- प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधि सभा निर्वाच क्षेत्र भएको जिल्ला अधिवेशन- पुस २१ गते।
- दुई वा दुईभन्दा बढी प्रतिनिधि सभा क्षेत्र भएको जिल्ला अधिवेशन- पुस २२ गते।
- प्रदेश अधिवेशन- पुस २३ र २४ गते।
- केन्द्रीय महाधिवेशन- पुस २६, २७ र २८ गते काठमाडौंमा।