विपक्षी दलहरूबीचको बैठक जारी छ।
नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले बोलाएको बैठकमा विपक्षी दलका प्रमुख सचेतक, सचेतकहरू सहभागी छन्।
कांग्रेसबाट दलका नेता आङ्देम्बे आफै सहभागी छन्।
एमालेबाट प्रमुख सचेतक पद्मा अर्याल, नेपाली कम्युनिस्ट पार्टीबाट नेता वर्षमान पुन अनन्त र प्रमुख सचेतक युवराज दुलाल सहभागी छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओली बैठकमा सहभागी छन्।
काठमाडौंका विभिन्न मिडिया हाउसबाट पत्रकार पक्राउ गरेको घटनापछि विपक्षी दलहरू छलफलमा जुटेका हुन्।
यसअघि कांग्रेस सभापति गगन थापाले पत्रकार सम्मेलन गरी सरकारको पछिल्लो गतिविधिबारे पार्टीको धारणा राखेका थिए।
त्यसपछि सोमबार नै कांग्रेस संसदीय दलको बैठकले प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक तत्काल आह्वान गर्न सरकारसँग माग गर्ने निर्णय गरेको थियो।
अदालतमा सेटिङ भएको भनिएको प्रकरणमा न्यायालय, सरकार प्रमुख समेतको नाम जोडिएकाले संसदबाटै उच्चस्तरीय छानबिन समिति गठन हुनुपर्ने कांग्रेसले माग गरेको थियो। त्यसपछि विपक्षी दलहरूले पनि साझा धारणा बनाउन जुटेका हुन्।
तस्बिरहरू-
-ink-1793606388.jpeg)
-ink-1793606388.jpeg)
-ink-1793606389.jpeg)
-ink-1793606388.jpeg)
-ink-1793606388.jpeg)
-ink-1793606388.jpeg)

-ink-1793606387.jpeg)
-ink-1793606389.jpeg)
-ink-1793606389.jpeg)
-ink-1793606389.jpeg)

