नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पुस २६ देखि २८ गतेसम्म तोकिएको नियमित महाधिवेशन गर्न अलमल गर्ने हो भने विशेष महाधिवेशन हुने बताएका छन्।
आज केन्द्रीय समिति बैठकले सर्वसम्मत रूपमा १५ औं महाधिवेशन गर्ने निर्णय गरेको थियो।
त्यसलगत्तै सानेपामा पत्रकारहरूसँग कुराकानी गर्दै महामन्त्री शर्माले पुसभित्र नियमित महाधिवेशन गर्न अलमल गर्ने हो भने विशेष महाधिवेशन हुने र ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर सुरक्षित रहेको बताए।
‘महाधिवेशनका लागि मिति त तोकियो तर निर्वाचनमा जाने भएकोले तोक्नका लागि यो मिति तोकेको, महाधिवेशन हुँदैन है भनेर कसैले मनमा राखेको छ भने मैले भन्नैपर्छ- विशेष महाधिवेशनका लागि साथीहरूले गर्नुभएको हस्ताक्षर यही केन्द्रीय कार्यालयमा सुरक्षित राखेका छौं,’ उनले भने, ‘कसैले सभापतिले भन्नुभयो, महाधिवेशन मिति तोकियो तर हुँदैन भन्ने हो भने स्पष्ट हुनुपर्छ, विशेष महाधिवेशन हुन्छ।’
भिडिओ: