बुद्ध एयरका सञ्चालक एवं गतिशील लोकतान्त्रिक पार्टीका संस्थापक सदस्य वीरेन्द्रबहादुर बस्नेतले तीन खम्बा नीति अनुसार मुलुकलाई विकास गर्न सकिने बताएका छन्।
मंगलबार पोखरामा आयोजित एक कार्यक्रमबीच प्रविधिमा आधारित रहेर शिक्षा, पर्यटन र कृषिबाट मुलुकलाई विकास गर्न सकिने बताएका हुन्।
उनले नेपालमा लामो समयदेखि ११ लाख पर्यटकमै सीमित रहेको बताए।
‘भैरहवाबाट वाइडबडी उडान गर्न सक्छ, यो अन्तर्राष्ट्रिय एयरपोर्ट हो। त्रिभुवन विमानस्थललाई भन्न मिल्दैन। भैरहवा विमानस्थल महादेशीय उडान गर्न सक्षम छ। वर्षको पाँचवटा ठूला जहाज चलाउँदा भैरहवाबाट वर्षको एक करोड यात्रु ल्याउन सक्छौं,’ उनले भने, ‘नेपाल वायु सेवा निगमले वर्षको पाँच वटा ३५० एयर बस सञ्चालनमा ल्याउन सक्छ। यो काम लिजिङ कम्पनीमार्फत गर्न सकिन्छ।’
उनले महादेशीय उडान नगरिकन पर्यटन भित्र्याउन नसकिने पनि बताए।