नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुका अधिकांश पूर्वपदाधिकारी महाधिवेशन प्रतिनिधि बनेका छन्।
पूर्वअध्यक्ष समिककुमार बडाल, महासचिव नरेश रोकायासहित अधिकांश पूर्वपदाधिकारी ११ औं महाधिवेशनको प्रतिनिधि चुनिएका हुन्।
पूर्वअध्यक्ष बडान युवा विद्यार्थी विशेष जिल्ला कमिटीबाट प्रतिनिधि चुनिएका छन्। उपाध्यक्ष गोविन्द गिरी बैतडी जिल्लाको युवा क्लस्टरबाट प्रतिनिधि सर्वसम्मत भए।
पूर्वउपाध्यक्ष धर्म गिरी युवा विद्यार्थी जिल्ला कमिटीबाटै प्रतिनिधि चुनिएका छन् भने अर्का पूर्वउपाध्यक्ष नारायण घर्ती जाजरकोटबाट खुलामा महाधिवेशन प्रतिनिधि चुनिएर आएका छन्।
महासचिव नरेश रोकाया बाजुराबाट युवा क्लस्टरमा महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन्।
पूर्वसचिव विनिता काफ्ले नवगठित भोलेन्टियर फोर्सबाट महाधिवेशन प्रतिनिधि चुनिएकी हुन्। उनी त्यस संगठनकी महिला सहकमाण्डरसमेत हुन्।
एमालेको २४ औं जनसंगठनको मान्यता पाएको स्वयम्सेवी उक्त संगठनबाट सबै प्रतिनिधि सर्वसम्मत चुनिएका थिए। पूर्वसचिव सञ्जीव धिताल पनि सोही कमिटीबाट प्रतिनिधि चुनिएका छन्।
अनेरास्ववियुको गत महाधिवेशनमा झीनो मतले पराजित प्रकाश पौडेल पनि म्याग्दीबाट युवातर्फ प्रतिनिधि चुनिएर आएका छन्।
राष्ट्रिय युवा संघ नेपालका अध्यक्षका प्रत्यासी सुमन पुरी भने निर्वाचित हुन सकेनन्। उनलाई अनेरास्ववियुकै पूर्वनेता बालकृष्ण पाण्डेले पराजित गरे।
त्यसबाहेक कास्की–२ बा विजय पौडेल महाधिवेशन प्रतिनिधि बनेका छन्। सञ्जय ढकाल पाल्पाबाट प्रतिनिधि बनेका छन्। दुवै पूर्व अखिल हुन्।
ललित रजक र रामजी साह सप्तरीबाट महाधिवेशन प्रतिनिधि चुनिएर आएका छन्। यसबाहेक नवराज खड्का सुनसरी, प्रकाश खड्का रूकुम पश्चिम, एलबी बुढाथोकी सिन्धुलीबाट प्रतिनिधि चुनिएका छन्। उनीहरू सबै अखिल पृष्ठभूमि बोकेका नेताहरू हुन्।