राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बुधबार बस्दै छ।
संघीय संसद सचिवालयमा रहेको समिति हलमा बिहान ११ बजे बैठक बस्न लागेको हो।
छलफलका लागि समितिले अर्थमन्त्री रामेश्वर खनाललाई पनि बोलाइएको संसद सचिवालयले जनाएको छ।
आर्थिक वर्ष ०८२/०८३ को बजेट तथा कार्यक्रम कार्यान्वयनको अवस्थाबारे छलफल गर्ने बैठकको कार्यसूची छ।
मन्त्रीसहित अर्थ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सहरी विकास मन्त्रालय र राष्ट्रिय योजना आयोगका सदस्यहरूलाई बोलाइएको सचिवालयले जनाएको छ।