नेकपा (एमाले)को मतगणना जारी छ।
११ औं महाधिवेशनमा केपी शर्मा ओली र ईश्वर पोखरेलले समूह नै बनाएर प्रतिस्पर्धा गरेका छन्।
अहिलेसम्मको नतिजामा अध्यक्ष पदमा ओली नै अगाडि देखिएका छन्।
उनले ४८९ मत ल्याएका छन्।
पोखरेलले १७७ मत मात्रै पाएका छन्।
पदाधिकारीमा पनि अधिकांश ओली पक्षकै उम्मेदवारहरूले अग्रता लिएका छन्।
पाँच उपाध्यक्षमध्ये अगाडि रहेका ४ जना ओली पक्षका छन्।
विष्णु पौडेलले ३४९ मत पाएका छन्। पृथ्वीसुब्बा गुरूङ ३५६, रामबहादुर थापा बादल ३०९ र गोकर्ण विष्ट २५६ र रघुजी पन्तले २५३ मत ल्याएका छन्।
गोकर्ण विष्ट पोखरेल समूहका हुन्।
महासचिवमा ओली पक्षकै शंकर पोखरलेले अग्रता कायम राखेका छन्। उनले ३६४ मत ल्याउँदा ईश्वर पक्षका सुरेन्द्र पाण्डेले ३०२ मत ल्याएका छन्।
उपमहासचिवमा ३ जना निर्वाचित हुनेमा ईश्वर पोखरेल समूहबाट एक जनाको सम्भावना देखिएको छ।
उपमहासचिव पदमा लेखराज भट्टले सबैभन्दा बढी मत पाएका छन्। उनी ओली समूहका हुन्।
रघुवीर महासेठले २६६ मत ल्याएका छन्।
त्यस्तै योगेश भट्टराईले २६४ मत ल्याएका छन्। विष्णु प्रसाद रिमालले २२० मत ल्याएका छन्।
यसअनुसार ईश्वर समूहबाट उपमहासचिव पदमा योगेश भट्टराईको सम्भावना देखिएको छ।
सचिव पदमा ९ जना निर्वाचित हुनेछन्। त्यसका लागि २० जनाले उम्मेदवारी दिएका छन्।
शीर्ष ९ मा महेश बस्नेत, छविलाल विश्वकर्मा, पद्माकुमारी अर्याल, शेरधन राई, हिक्मत कार्की, यामलाल कँडेल, खगराज अधिकारी, राजन भट्टराई र भानुभक्त ढकाल छन्।
यी सबै ओली समूहका हुन्। ईश्वर पोखरेल समूहबाट उम्मेदवारी दिएका गोकुल बाँस्कोटा दसौं स्थानमा छन्।
उनले १९२ मत ल्याएका छन्।