एमालेको ११ औँ महाधिवेशनमा विभिन्न पदाधिकारी पदका लागि ४ जना महिलाको उम्मेदवारी दिएका थिए।
अहिलेसम्मको मत परिणाम हेर्दा ती मध्ये एकजना महिला मात्र पदाधिकारीमा पर्ने संभावना देखिएको छ। ती हुन् पद्मा अर्याल।
नौ जना सचिवका लागि भएको निर्वाचनमा पद्मा तेस्रो स्थानमा छिन्। उनले ३०५ भोट ल्याएकी छन्। उनी बाहेक सचिवमा उम्मेदवारी दिने रचना खड्का र पेम्बा लामा छन्। खड्काले १५९ मत ल्याएर चौधौं स्थानमा र लामाले ८५ ल्याएर १९ स्थानमा छन्। सचिवमा ९ जना चुनिन्छन्।
उपाध्यक्ष पदमा उम्मेदवारी दिएकी विन्दा पाण्डे अहिलेसम्मको मत परिणाममा सातौं नम्बरमा परेकी छन्। उनले १७९ मत पाएकी छन्।