एमाले नेता गोकुल बाँस्कोटा सचिव पदमा पराजित भएका छन्।
९ सचिवका लागि २० जनाको उम्मेदवारी परेकोमा मतगणना सकिँदा बाँस्कोटा दसौं नम्बरमा परे।
उनले १०३० मत पाएका छन्।
नवौं नम्बरमा परेर सचिव निर्वाचित भएका भानुभक्त ढकालले ११०८ मत पाएका थिए।
सचिव जित्न बाँस्कोटालाई ७९ मत पुगेन।
सचिव पदमा महेश बस्नेतले सबैभन्दा बढी मत पाएर निर्वाचित भए।
बाँकी ७ जनामा पद्मा अर्याल, छविलाल विश्वकर्मा, शेरधन राई, हिक्मत कार्की, खगराज अधिकारी, यामलाल कँडेल र राजन भट्टराई विजयी भए।