नेकपा एमालेको ११ औं महाधिवेशनमा दुईबाहेक अन्य सबै पदाधिकारी ओली प्यानलबाट निर्वाचित बनेका छन्।
बुधवार भएको विद्युतीय मतदानबाट अध्यक्ष, चार उपाध्यक्ष, महासचिव, दुई उपमहासचिव र नौँ सचिव गरि १७ जना पदाधिकारी अध्यक्ष केपी शर्मा ओली प्यानलबाट निर्वाचित भएका हुन्।
जसअनुसार अध्यक्षमा केपी शर्मा ओली, उपाध्यक्षमा पृथ्वी सुब्बा गुरूङ, विष्णु प्रसाद पौडेल, रामबहादुर थापा बादल, रघु जी पन्त विजयी भएका छन्।
त्यस्तै ओली प्यानलबाटै यसअघि महासचिव रहेका शंकर पोखरेल पुनः महासचिव निर्वाचित भए।
तीन जना उपमहासचिवमध्ये ओली प्यानलका दुईजना लेखराज भट्ट र रघुविर महासेठ विजयी भएका छन्। त्यसैगरि नौ सचिव पदमा सबै ओली प्यानलका विजयी भएका छन्। जसमा महेश बस्नेत, पद्यमा कुमारी अर्याल, छविलाल विश्वकर्मा, शेरधन राई, हिक्मत कुमार कार्की, खगराज अधिकारी, यामलाल कंडेल, राजन भट्टराई र भानुभक्त ढकाल छन्।