नेकपा एमालेको ११औं माधिवेशनमा काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन्।
बिहीबार आएको मतपरिणाम अनुसार डंगोल केन्द्रीय सदस्यमा निर्वाचित भएकी हुन्।
केन्द्रीय सदस्य भुगोल राजधानी विशेष ४० वर्ष मुनितर्फ डंगोलले १६६८ मत प्राप्त गरेकी हुन्।
उनका प्रतिस्पर्धी ई.राजन थापाले २२९ र सन्तोष खड्काले ३३० मत प्राप्त गरेका छन्।