नेकपा एमालेको केन्द्रीय सदस्यमा चितवनका ६ जना निर्वाचित भएका छन्।
केन्द्रीय सदस्यमा चितवनका १० जना नेताहरू प्रतिस्पर्धामा थिए।
पूर्व पोलिटब्युरो सदस्य देवीप्रसाद ज्ञवाली, पूर्वकेन्द्रीय सदस्यहरू पार्वती रावल, कृष्णभक्त पोखरेल, जगन्नाथ थपलिया, प्रभा बराल र युवा नेता निशा अधिकारी केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन्।
रावल महिला खुलाबाट, अधिकारी बागमती प्रदेश युवा, बराल बागमती प्रदेश महिलाबाट निर्वाचित भएका हुन्।
ज्ञवाली, पोखरेल र थपलिया खुला केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन्।
पूर्वजिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने बागमती प्रदेश खुला, पूर्व केन्द्रीय सदस्यहरू यमबहादुर परियार, कपिलप्रसाद पोखरेल र अर्का नेता पुरूषोत्तम न्यौपानेले खुला केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका थिए।
चितवनका रामबहादुर थापा 'बादल' नेकपा एमालेको उपाध्यक्ष बनेका छन्।
चितवनका सुरेन्द्र पाण्डे भने महासचिव पदमा पराजित भए।
अनुशासन आयोगको अध्यक्षमा चितवनका काशिनाथ अधिकारी सर्वसम्मत निर्वाचित भएका छन्।