नेकपा एमालेको ११ औं महाधिवेशनले पार्टीको नेतृत्वमा रहने १९ पदाधिकारीको टुंगो लगाएको छ।
१९ पदाधिकारीका लागि केपी शर्मा ओली र ईश्वर पोखरलले समूह नै बनाएर प्रतिस्पर्धा गरेका थिए।
अध्यक्षमा केपी शर्मा ओली तेस्रोपटक निर्वाचित भएका छन्। उनले १६६३ मत पाएका छन् भने पोखरेलले ५६४ मत ल्याए।
५ जना उपाध्यक्षतर्फ चार जना ओली पक्षका निर्वाचित हुँदा एक जना मात्रै पोखरेल पक्षकाले जिते।
पृथ्वीसुब्बा गुरूङले १७३७, विष्णु पौडेल १६७५, रामबहादुर थापा १५१६ र रघुजी पन्तले १२५८ मत पाए। पोखरेलको समूहमा रहेका गोकर्ण विष्टले १३६८ मत ल्याए।
उपाध्यक्षमा पराजित भएका गुरू बरालले ११३७, डा. विन्दा पाण्डेले ९२१, परशुराम मेघी गुरूङले ४६१, अरूण नेपालले ४३९, टंकप्रसाद कार्की ३५८ र भीमप्रसाद आचार्यले २६५ मत ल्याए।
महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित भएका छन्। उनले १२२८ मत ल्याउँदा सुरेन्द्र पाण्डेले ९९९ मत ल्याए।
तीन उपमहासचिवमा लेखराज भट्ट १४५२, रघुवीर महासेठले १३६८, योगेश भट्टराईले १३४८ मत प्राप्त गर्दै विजयी भए। विष्णु रिमालले १०९१, आनन्द प्रसाद पोखरेलले ६३५ र वैजनाथ चौधरीले ५१७ मत ल्याए।
९ जना निर्वाचित हुने सचिवमा महेश बस्नेत १५४४, पद्माकुमारी अर्याल १५३०, छविलाल विश्वकर्मा १५०६, शेरधन राई १५०३, हिक्मतकुमार कार्की १३३७, खगराज अधिकारी १२३१, यामलाल कँडेल ११८५, राजन भट्टराई ११८१ र भानुभक्त ढकाल ११०८ मत प्राप्त गर्दै विजयी भए।
गोकुल बाँस्कोटाले १०३०, ठाकुर गैरे ८८३, रचना खड्का ८७७, कर्णबहादुर थापाले ८४७, अग्निप्रसाद खरेल ७१६, विनोद ढकालले ६८४, कृष्णगोपाल श्रेष्ठले ६२५, लालबाबु पण्डित ४९६, पेम्बा लामा ४९३, पुरूषोत्तम पौडेल ४६२ र इन्द्रलाल सापकोटाले ४०५ प्राप्त गरे।
नेताहरूले पदाधिकारीसँगै केन्द्रीय सदस्यमा पनि उम्मेदवारी दिएका हुन्छन्।
केन्द्रीय सदस्यमा ईश्वर पोखरेलले ५६४ मत पाएका छन्।
त्यस्तै उपाध्यक्ष पराजित भएका गुरू बरालले केन्द्रीय सदस्यमा ११३७ मत पाएका छन्। विन्दा पाण्डेले ११२१, परशुराम मेघी गुरूङले ९०४, अरूण नेपालले ८९७, टंक कार्कीले ८९६ मत ल्याए।
उपमहासचिवमा पराजित भएका विष्णु रिमालले ६३०, आनन्द प्रसाद पोखरेलले ९९७, वैजनाथ चौधरीले ६२४ मत ल्याए।
सचिवमा पराजित भएका गोकुल बाँस्कोटाले ११९५, ठाकुर गैरेले १२८४, रचना खड्काले ८७७, कर्ण थापाले १०२६, अग्नि खरेलले १११९, विनोद ढकालले ६८४, कृष्ण गोपाल श्रेष्ठले ९९४, लालबाबु पण्डितले ७९६, पेम्बा लामा ९०१, इन्द्रलाल सापकोटा ७१२ र पुरूषोत्तम पौडेलले ४६२ले मत पाए।