पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले)को ११ औं राष्ट्रिय महाधिवेशनबाट लोकतान्त्रिक प्रतिस्पर्धाको माध्यमबाट नयाँ नेतृत्व चयन भएको बताएकी छन्।
पूर्वराष्ट्रपति भण्डारीले फेसबुकमा स्ट्याटस लेखेर एमालेले लोकतान्त्रिक प्रतिस्पर्धाको माध्यमबाट पार्टी नेतृत्व चयन गरेको बताएकी हुन्।
यसलाई उनले एमालेको संगठनात्मक परिपक्वता र जनताको बहुदलीय जनवाद (जबज) को जीवन्त अभ्यास भनेकी छन्।
भण्डारीले निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई शुभकामना दिँदै लोकतन्त्रमा प्रतिस्पर्धा स्वाभाविक र आवश्यक प्रक्रिया रहेको बताइन्। यसले संस्थालाई थप सुदृढ र जीवन्त बनाउने उनको भनाइ छ।
'यस महाधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वले पार्टीले अवलम्बन गरेको सिद्धान्त ‘जनताको बहुदलीय जनवाद’को मार्गदर्शनमा आन्तरिक लोकतन्त्र, सामूहिक नेतृत्व र संगठनात्मक एकतालाई अझ सुदृढ बनाउँदै पार्टीलाई अघि बढाउने विश्वास लिएको छु,' उनले भनेकी छन्।