राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी निर्वाचनका लागि राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई काठमाडौं–१ बाट उम्मेदवारका रूपमा सिफारिस गरेको छ।
मिश्रलाई पहिलो नम्बरमा राखेर सो क्षेत्रमा प्रत्यक्षतर्फ तीन जनाको नाम केन्द्रमा सिफारिस गरिएको हो।
प्रत्यक्षतर्फ सिफारिस हुनेमा रवीन्द्र मिश्र, रामेश्वर श्रेष्ठ र राम तन्डुकार छन्।
त्यस्तै समानुपातिक तर्फ मिना सुवेदी, रविना शाही र सुमिरा कार्की छन्।