गरिखान देऊका संयोजक मिराज ढुंगाना नेतृत्वको टोलीले माइतीघरमा प्रदर्शन गर्न लागेपछि प्रहरीले अनुमति नलिई प्रदर्शन नगर्न भनेर माइकिङ गरेको छ।
सोमबार बिहानैदेखि प्रदर्शन हुनसक्ने भनेर प्रहरीले तैनाथी बढाएको हो। ढुंगानाको समूहले अनुमति नपाएकाले प्रहरीले माइकिङ गरी अनुमति लिएर मात्रै प्रदर्शन गर्न भनेको हो।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनीहरूलाई प्रदर्शनका लागि अनुमति दिएको छैन।
‘प्रशासनको अनुमति लिएर मात्रै कार्यक्रम गर्नुपर्नेछ। अनुमति नलिकन कार्यक्रम गर्न आउनुभएको छ भने तपाईंहरू आफ्नो गन्तव्यतिर गइदिनुहोला,’ ती प्रहरीले माइकिङ गरिरहेका छन्।
तस्बिरहरू:
-1766381359.jpeg)
-1766381359.jpeg)
-1766381358.jpeg)
-1766381358.jpeg)
-1766381357.jpeg)
-1766381357.jpeg)
-1766381356.jpeg)
-1766381356.jpeg)