लौरो अभियानले लौरो चुनाव चिह्न स्वतन्त्र समूहलाई सुरक्षित रूपमा फिर्ता गर्न माग गरेको छ।
बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै लौरो अभियानले लौरो चुनाव चिह्न स्वतन्त्र समूहलाई सुरक्षित रूपमा फिर्ता गर्न माग गरेको हो।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेसँगै लौरो चुनाव चिह्न उनको वा उनको समूहको रहन नसक्ने लौरो अभियानका अभियानी डम्बर साहुले बताए।
उनका अनुसार लौरो स्वतन्त्रहरूको प्रतिक हो। बालेन शाह र उनको टिमले लौरो चुनाव चिह्न स्वतन्त्र समूहलाई सुरक्षित, सम्मानजनक र आधिकारिक रूपमा फिर्ता गर्न माग गरे।
लौरो चुनाव चिह्न कुनै व्यक्ति, समूह वा गुटको नभएको उनले बताए। –न्युज एजेन्सी नेपाल