नेकपा एमालेले केपी शर्मा ओलीलाई नै आगामी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गर्दै चुनावमा होमिने निर्णय गरेको छ।
अध्यक्ष ओली यसअघि चार पटक प्रधानमन्त्री भइसकेका छन्। गत भदौ २४ अघि पनि उनी नै प्रधानमन्त्री थिए।
जेनजी आन्दोलनले विस्थापित गरेका ओलीलाई नै प्रधानमन्त्रीका रूपमा अघि सार्दै चुनावमा जाने निर्णय भएको सचिव महेश बस्नेतले बताए।
'आजको सचिवालय बैठकले भावी प्रधानमन्त्रीका रूपमा अध्यक्ष केपी शर्मा ओलीलाई अगाडि सार्ने निर्णय गरेको छ। नेकपा एमालेले पूर्ण बहुमत ल्याउने अवस्था कायम रहेकाले त्यसलाई जोगाउन पार्टी दृढतापूर्वक लाग्ने निर्णय गरियो,' बस्नेतले भने, 'त्यही निर्णय अनुसार उम्मेदवारहरू टुंगो लगाइएको छ।'