प्राइम टेलिभिजनका पत्रकार ऋषि धमला पनि चुनाव लड्ने भएका छन्।
उनले सोमबार रातिको कार्यक्रममार्फत आफूले 'जनता जान्न चाहन्छन्' कार्यक्रम नचलाउने घोषणा गरेका हुन्।
उनको सट्टामा कार्यक्रम ऋषि थपलियाले चलाउने भएका छन्।
'आज म भन्न चाहन्छु। जनता जान्न चाहन्छन् कार्यक्रम भोलिबाट हाम्रै सहकर्मी मित्र ऋषि थपलियालाई हस्तान्तरण गर्न जाँदैछु। तर म यो कार्यक्रममा आफ्नो कुरा राख्नेछु, उहाँलाई समर्थन र सहयोग गर्नेछु। जनता जान्न चाहन्छन् कार्यक्रमलाई नम्बर वान बनाउन उहाँलाई जहिले पनि साथ दिनेछु,' उनले भने।
उनले रौतहटबाट चुनाव लड्ने बताएका छन्। कुन क्षेत्र र पार्टी भने खुलिसकेको छैन।
'म रौतहट जाँदैछु। जनताको बीचमा गएर म एउटा निर्णय गर्दैछु,' उनले भने, 'त्यसैले प्रतिनिधि सभाको निर्वाचन अब आइसक्यो, सबैको घरआँगनमा, सबैको ध्यान निर्वाचन तिर छ।'