नेपाली कांग्रेसका नेता शेखर कोइरालाले मोरङ क्षेत्र नम्बर ६ मा पार्टी कार्यालय उद्घाटन गरेका छन्।
कोइरालाको सचिवालयका अनुसार नेता कोइरालाले एकै दिन ७ वटा वडामा कार्यालय उद्घाटन गरेका हुन्।
आसन्न निर्वाचनलाई लक्षित गर्दै कांग्रेस बूढीगंगा गाउँपालिका वडा नं. १, २, ३, ४,५, ६ र ७ का पार्टी कार्यालय उद्घाटन गरिएको हो।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले बूढीगंगा गाउँपालिकामा पछिल्ला वर्षहरूमा उल्लेख्य विकास निर्माणका काम भएको बताएका थिए।
उनका अनुसार पिउने पानी, सडक, स्वास्थ्य संस्था लगायतका पूर्वाधार विकासमा उल्लेखनीय प्रगति भएको छ।
‘अरू समयको तुलनामा अहिले बुढीगंगाको मुहार फेरिएको छ। यदि यहाँ विकास भएको छैन भन्नुहुन्छ भने म त्यसलाई पत्याउँदिनँ,’ उनले भने।