राष्ट्रिय सभाको अधिवेशन अन्त्य भएको छ।
मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशन अन्त्य गरेका हुन्।
गत सोमबार माघ २६ गतेको मन्त्रिपरिषद बैठकको सिफारिसअनुसार राष्ट्रपतिले आज अधिवेशन अन्त्य गरेका हुन्।
फागुन १ गते शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य भएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले बताए।