काठमाडौं प्रशासनले निषेधाज्ञा जारी गरेको भए पनि शुक्रबार त्रिभुवन विमानस्थल आसपास मानिसहरूको भिड लागेको छ।
त्यो भिड पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न उपस्थित भएको थियो। पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार झापाबाट काठमाडौं आएका छन्।
उनलाई स्वागत गर्न उपस्थित हुन भनेर राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरू, दुर्गा प्रसाईं लगायत विभिन्न राजावादी समूहहरूले आह्वान गरेका थिए।
निर्वाचनको समयमा मानिसहरूको प्रदर्शन र नाराबाजीमा घुसपैठ हुन सक्ने भनेर प्रशासनले निषेधाज्ञा जारी गरेको थियो।
त्यसका बाबजुद पूर्वाराजाका समर्थकहरू विमानस्थलमा उपस्थित भएका थिए।
विमानस्थलमै राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ अभियानका संयोजक दुर्गा प्रसाईं पनि उपस्थित भएका थिए। उनी पनि समर्थकहरूको ठूलो भिडसहित विमानस्थल पुगेका थिए।
तस्बिरहरूः
-ink-1770973873.jpeg)
-ink-1770973872.jpeg)
-ink-1770973872.jpeg)
सबै तस्बिरः नेपाल फोटो लाइब्रेरी।