नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले यसपालिको 'जनयुद्ध दिवस' रूकुम पूर्वमा मनाएको छ।
तत्कालीन नेकपा (माओवादी)ले सशस्त्र संघर्षको सुरूवात गरेको अवसरमा फागुन १ गते 'जनयुद्ध दिवस' मनाउँदै आएको छ।
पार्टी संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' बिहीबार रूकुम पूर्व पुगेका थिए। फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा उनी यसपालि रूकुम पूर्वबाट उम्मेदवार छन्।
त्यसकारण यसपालिको जनयुद्ध दिवस रूकुम पूर्वमै मनाइएको नेकपाले जनाएको छ।
संयोजक प्रचण्डसँगै नेता पम्फा भूसाल पनि रूकुम पूर्व पुगेकी छन्।
भूमे–२ खाबाङ बगरमा आयोजित ३० औं जनयुद्ध दिवस विशेष समारोहमा नेकपाले विभिन्न व्यक्तिहरूलाई सम्मानित पनि गरेको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक प्रचण्डले त्यतिबेला चुनुवाङ बैठकको निर्णयबाट संघीय लोकतान्त्रिक गणतन्त्रको ढोका खुलेको चर्चा गर्दै रूकुमबाटै लोकतान्त्रिक गणतन्त्र र विभिन्न उपलब्धिहरूको रक्षा गर्ने अभियानको थालनी हुने बताए।
इतिहासलाई वर्तमानसँग जोडेर मात्रै सुदृढ भविष्य निर्माण गर्न सकिने उल्लेख गर्दै उनले जनयुद्धका उपलब्धिको रक्षा, लोकतन्त्रको सुदृढीकरण र सामाजिक न्यायका पक्षमा एकताबद्ध हुन आह्वान गरेका छन्।
तस्बिरहरूः
-1770978690.jpeg)
-1770978689.jpeg)
-1770978689.jpeg)
-1770978689.jpeg)
-1770978687.jpeg)
-1770978687.jpeg)
-1770978687.jpeg)
-1770978687.jpeg)
-1770978688.jpeg)
-1770978688.jpeg)
सबै तस्बिरः प्रचण्डको सचिवालय।