जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले यसपटकको निर्वाचनमा जनताको समर्थन आफूहरुलाई बढेको दाबी गरेका छन्।
राष्ट्रिय प्रेस क्लबले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले विगतको निर्वाचनको तुलनामा यसपटक जसपा नेपालको लागी अनुकूल वातावरण भएको दाबी गरेका हुन्।
पार्टी एकीकरणपछि संगठन बलियो भएकोले जनसमर्थन बढेको उनको भनाइ छ।
राजनीतिमा मुख्य कुरा मुद्दा, विचार र सिद्धान्त भएको र राष्ट्रिय तथा स्थानीय मुद्दामा आफूहरु स्पष्ट रहेको र ती मुद्दा लिएर जनताबीच गएको उनले बताए।
'सैद्धान्तिक रुपमा, वैचारिक रुपमा र राष्ट्रिय तथा स्थानिय मुद्दाहरु हामीसँग छन् । जुन हामी लिएर जनताको बीचमा गएका छौं। जनताको आर्कषण विगतको तुलनामा अहिले हामीसंग छन्,' उनले भने।
उनले लोकतन्त्र परिवर्तनको आधार भएको बताउँदै उनले नयाँ पुस्तालाई नेतृत्वमा ल्याउने प्रक्रियालाई सबैले सहयोग गर्नुपर्ने बताए। – न्युज एजेन्सी नेपाल