नेपाली कांग्रेसले सुकुम्बासी समस्या मुक्त स्थानीय तह अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।
काभ्रेको धुलिखेलमा सोमबार र मंगलबार केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले गरेको कार्यक्रमबाट सुकुम्बासी समस्या मुक्त स्थानीय तह अभियान सञ्चालन गर्ने निर्णय भएको हो।
‘बागमती प्रदेशभित्र बसोवास गरिरहेका भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोवासीको कानून बमोजिम समस्या समाधान गर्न धेरै स्थानीय तहले लगत संकलन, प्रमाणीकरण लगायतका कार्य गरिसकेकोले तत्काल पूर्जा वितरण लगायतका कार्यका लागि पहलकदमी लिने भूमिहिन दलित, सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई व्यबस्थापन गर्दा सबैभन्दा पहिला नागरिकको आत्मसम्मानलाई ध्यान दिई जोखिम क्षेत्रमा बसोवास गरेका नागरिकको परिवारलाई सुरक्षित स्थानमा पुनर्स्थापना गर्ने कार्यलाई प्राथमिकतामा राखे। संघ र प्रदेश सरकारसंगको समन्वयमा सुकुम्वासी परिवारको सम्मानजनक व्यवस्थापन गरी “सुकुम्वासी समस्या मुक्त स्थानीय तह अभियान संचालन गर्ने,’ निर्णयमा उल्लेख छ।
यस्ता छन् निर्णय-