प्रधानमन्त्री बालेन्द्र शाहको प्रश्नउत्तर गर्न माग गर्दै विपक्षी दलले अवरोध गरेपछि प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ।
बिहीबार नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री शाहसँग प्रश्नउत्तरको कार्यक्रम राख्न माग गर्दै संसद बैठक अवरोध गरेका छन्।
बैठक लामो समयसम्म सञ्चालन हुन नसकेपछि सभामुख डिपी अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन्।
बैठकमा विपक्षी दलका नेताहरूले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ५६ अनुसार प्रश्नउत्तर राख्नका लागि प्रधानमन्त्रीको नाममा रूलिङ गर्न माग राखेका छन्।
प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरसँग सम्बन्धित नियम ५६मा ‘प्रधानमन्त्री वा नियको कार्यक्षेत्रसँग प्रत्यक्ष रूपमा सम्बन्धित महत्वपूर्ण विषयमा प्रश्न सोध्नको लागि सभामुखले प्रत्येक महिनाको पहलो हप्ताको कुनै एक दिनको बैठकको पहिलो एक घण्टा निर्धारण गर्नेछ।’ भनिएको छ।
नेकपा एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले बिहीबारसम्म एक साता बितिसकेको हुँदा प्रधानमन्त्रीलाई प्रश्नोत्तरका लागि बोलाउन माग गरेका हुन्।
त्यही नियममा कुनै कारणवश बैठक बस्न नसकेमा त्यसपछि लगत्तै बस्ने बैठकको पहिलो एक घण्टको समय निर्धारण गर्ने भनिएको छ।
तस्बिरहरूः
-ink-1779354688.jpeg)
-ink-1779354688.jpeg)
-ink-1779354688.jpeg)
-ink-1779354687.jpeg)
-ink-1779354687.jpeg)
-ink-1779354687.jpeg)
-ink-1779354687.jpeg)
-ink-1779354687.jpeg)
-ink-1779354687.jpeg)
-ink-1779354686.jpeg)
-ink-1779354686.jpeg)
-ink-1779354686.jpeg)
-ink-1779354686.jpeg)
-ink-1779354686.jpeg)
-ink-1779354686.jpeg)

सबै तस्बिरः नेपाल फोटो लाइब्रेरी।