नेकपा एमालेमा महासचिव शंकर पोखरेलको नेतृत्वमा कार्यालय प्रस्ताव गरिएको छ। पार्टी विधानमा ९ सदस्यीय सचिवालय रहने व्यवस्था छ।
सोमबार बसेको पार्टी सचिवालय बैठकले सचिव भानुभक्त ढकाल, सचिव राजन भट्टराई, सूर्य पाठक, भीष्म अधिकारी, निरज आचार्य प्रस्तावित गरेको हो।
ढकाल संगठन विभाग प्रमुख प्रस्तावित छन्। भट्टराई राजधानी प्रदेश इन्चार्ज प्रस्तावित छन्। पाठक प्रचार विभाग प्रमुख, अधिकारी कोष तथा वित्त विभाग प्रमुख र आचार्य निर्वाचन विभाग प्रमुख प्रस्तावित छन्।
यसबारे शुक्रबार बस्ने सचिवालय बैठकले निर्णय गर्नेछ।