नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टी एकताको बारेमा छलफल नभएको र त्यसको आवश्यकताका पनि महसुस नभएको बताएका छन्।
प्रेस चौतारी दाङले बिहीबार तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनाम महासचिव पोखरेलले एमाले र नेकपा बीचको पार्टी एकताको बारेमा बोध समेत नगरिरहेको बताएका हुन्। तर, उनले समग्र लोकतान्त्रिक शक्तिका बीचमा एकताको कुरा गरिरहेको बताए। त्यो भनेको नेकपाभन्दा पनि नेपाली कांग्रेस सहितको एकता भएको उनले स्पष्ट पार्न खोजे।
एमाले महासचिव पोखरेलको भनाइमा त्यो एकता मुलुकलाई अधिनायकवादतर्फ जान नदिनका लागि भएको बताए।
त्यस्तै, जनतामा बढ्दै गएको भए त्रासको वातावरण कम गर्नका लागि पनि त्यो एकता र खोसिँदै गएका लोकतान्त्रिक अधिकार पुनर्स्थापना गर्नका लागि प्रमुख राजनीतिक दलका लागि आवश्यक रहेको उनले चर्चा गरे।