पूर्व सभामुख कृष्णबहादुर महरालाई एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश भएको छ।
भ्रष्टाचार मुद्दामा महरालाई विशेष अदालतले धरौटीमा छाड्न आदेश दिएको हो।
भेपमार्फत सुन तस्करी प्रकरणमा सोमबार विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्य विदुर कोइरालाको इजलासले महरालाई एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो।
‘पछि प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने गरी कृष्णबहादुर महराबाट नगद धरौटी एक लाख रुपैयाँ वा सो बराबरको बैंक जमानत लिई उनलाई तारिखमा राखी प्रस्तुत मुद्दा पुर्पक्ष गर्नू,’ आदेशमा भनिएको छ।
धरौटी दिन नसकेको अवस्थामा भने कारागार चलान गर्न भनेको हो।
महराले अनुसन्धान अधिकृत र अदालतसमक्ष गरेको बयान, भेपमा सुन राखी आयात गरेको भन्ने उजुरी, महरा र दाओजिन वाङ, अरूण पोखरेलको फोन संवाद लगायतका आधार प्रमाणलाई हेर्दा धरौटीमा राख्न आदेश दिएको भनिएको छ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले महरासहितविरूद्ध ७ करोड ७८ लाख ६८ हजार ९५ हजार रूपैयाँको मुद्दा दायर गरेको हो।