नेपाली कांग्रेस संस्थापनइतर पक्षका केही नेताहरूले सभापति गगन थापासँग भेटवार्ता गरेका छन्।
निवर्तमान केन्द्रीय सदस्य गोविन्द भट्टराईको नेतृत्वमा गएका नेताहरूले सानेपास्थित पार्टी कार्यालयमा सभापति थापासँग भेटवार्ता गरेका हुन्।
उनीहरूले पार्टीभित्र सबै पक्षलाई समेटेर १५ औं महाधिवेशनमा जाने विषयमा कुराकानी गरेका थिए।
‘पार्टीभित्र सबै पक्ष अट्ने गरी बृहत एकता गरेर अघि बढाउने विषयमा कुराकानी भयो,’ नेता भट्टराईले भनेका छन्।
नेताहरू उमेशजँग रायमाझी, गीता गुरूङलगायत सहभागी टोलीसँगको भेटका क्रममा सभापति थापाले सबै पक्षलाई समेटेर अघि बढ्ने बताएका थिए।