नेपाली कांग्रेस संस्थापनइतर पक्षले लुम्बिनी प्रदेशस्तरीय भेला गरेका छन्।
दाङको लमहीमा आज भेला भएको हो।
निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले 'बृहत्तर एकता आजको आवश्यकता' भेला आयोजना गरेका हुन्।
भेलामा निवर्तमान सहमहामन्त्री किशोरसिंह राठौर, निवर्तमान केन्द्रीय सदस्य कुन्दनराज काफ्ले, पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरी, गेहेन्द्र गिरीलगायत नेताहरू सहभागी छन्।
संस्थापनइतर पक्षले यसअघि ६ प्रदेशमा भेला गरिसकेको छ।
देउवा पक्ष र नेता शेखर कोइराला पक्ष गत पुसमा भएको विशेष महाधिवेशनमा सहभागी भएका थिएनन्।