नेपाली कांग्रेसका सभापति गगन थापाले १५ औं महाधिवेशनमा भाग लिन कसैलाई पनि नरोकिएको बताएका छन्।
उनले असोज ३ गतेदेखि नै वडा अधिवेशन सुरू भएर असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन हुने बताए।
‘कोही साथीलाई महाधिवेशनबाट भाग लिने कुराबाट बञ्चित गरिएको छैन, सबै साथीहरू महाधिवेशनमा सहभागी हुनुहुन्छ महाधिवेशनमा प्रतिस्पर्धा हुन्छ। प्रतिस्पर्धामा जसले जिम्मेवारी पाउनुहुन्छ त्यो साथी नेतृत्वमा रहनुहुन्छ,’ उनले भने।
पार्टीभित्रको प्रतिस्पर्धा भएकोले प्रतिस्पर्धा गर्ने तर जिम्मेवारी नआउने साथीहरूलाई पनि समेटेर सबैलाई लिएर पार्टीलाई एकताबद्ध बनाएर जाने उनले बताए।
‘अधिवेशनले त अहिले पार्टीभित्रको कुरा मात्रै मिलाउँछ। नागरिकसँगको विश्वासलाई पुनरस्थापित गर्नुपर्नेछ, त्यो पुनरस्थापित गर्ने यात्रामा हामी निस्कन्छौं। दसैंको लगत्तै पछाडि यो महाधिवेशनको लगत्तै पछाडि चाडबाड छ, दसैंको लगत्तै पछाडिबाट हाम्रो देशभरिको यात्रा सुरू हुन्छ,’ उनले भने।