THE WHEELS
चिनियाँ अटोमोबाइल कम्पनी चाङआनको नयाँ पुस्ताको इलेक्ट्रिक एसयूभी डिपल नेभो क्यू ०५ नेपाली बजारमा प्रवेश गरेको छ।
एमएडब्लू वृद्धिले नेपालमा भित्र्याएको नेभो क्यू ०५ लाई कम्प्याक्ट प्रिमियम इलेक्ट्रिक एसयूभीका रूपमा प्रस्तुत गरिएको छ।
नेपालको तीव्र रूपमा विस्तार भइरहेको इलेक्ट्रिक सवारीसाधन बजारमा नेभो क्यू ०५ ले डिजाइन, आराम, प्रविधि र सुरक्षा सुविधालाई प्राथमिकतामा राखेको कम्पनीले जनाएको छ।
नेपालमा यसको मूल्य भेरियन्ट अनुसार करिब ४८ लाख ९९ हजारदेखि ५१ लाख ९९ हजार रूपैयाँसम्म छ।
नेभो क्यू ०५ मा ५१.९ किलोवाट क्षमताको ब्याट्री छ। यसमा १२० किलोवाट क्षमताको इलेक्ट्रिक मोटर छ।
यसै विषयमा हामीले एमएडब्लू वृद्धिका सिनियर सेल्स शिक्षा पुरीसँग गाडीका बारेमा विस्तृत कुराकानी गरेका छौं।
हेर्नुस् भिडिओ