एमाले केन्द्रीय सदस्य प्रदीप ज्ञवालीले पार्टीमा विवाद परेको बेला आफूले समन्वय गरेको बताएका छन्।
एमालेको केन्द्रीय कमिटीको तेस्रो दिनको बैठकमा बोल्दै केन्द्रीय सदस्य ज्ञवालीले पार्टीमा समस्या परेको बेला आफूले समन्वय गरेर के अपराध गरे भन्ने प्रश्न गरेका थिए।
उनले पार्टीभित्रको विवादलाई समाधान गर्नका लागि आफूले खेलेको भूमिकाको समेत चर्चा गरेका थिए।
त्यस्तै उनले पार्टीभित्र जसले धेरै अवसर पायो, त्यो व्यक्ति नै पार्टीलाई समस्या पर्दा नेतृत्वको विरूद्धमा उभिने गरेको समेत बताए।
उनले पार्टीको पुनर्जागरणको प्रस्थान बिन्दु भनेको नै पार्टी एकता हो भनेका छन्।
त्यस्तै गरेर निर्वाचनमा खाएको धक्काको सामूहिक रूपमा जिम्मेवारी लिनुपर्ने समेत उनको प्रस्ताव छ। र उनले पार्टी पंक्तिमा देखिएको विचलनलाई नियन्त्रण गर्नुपर्ने समेत बताएका छन्।