नेपाली कांग्रेसका नेता किशोरसिंह राठौरले उम्मेदवारी फिर्ता लिएका छन्।
जारी १५ औं महाधिवेशनमा उनी सभापति पदका उम्मेदवार थिए।
आज पत्रकार सम्मेलन गर्दै राठौरले सभापतिमा गगन थापालाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएको बताए।
राठौरले पार्टी संकटमा रहेका बेला मिलेर अघि बढ्नुपर्ने पनि बताए।
उनले पार्टीभित्र एकता आवश्यक रहेको भन्दै थापाले राखेको मिलेर जाने प्रस्तावलाई समर्थन गर्ने निर्णयमा पुगेको बताएका हुन्।
कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढाउन आफू सक्रिय रहने पनि उनले बताए।
राठौर बर्दियाबाट महाधिवेशन प्रतिनिधि थिए।
उनी १४ औं महाधिवेशनमा सहमहामन्त्री निर्वाचित भएका थिए।
सभापति पदमा राठौर, थापा र काठमाडौं ६ का महाधिवेशन प्रतिनिधि श्यामकृष्ण खड्कीको उम्मेदवारी परेको थियो।