नेपाली कांग्रेसको जारी १५औं महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति निर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली सार्वजनिक भएको छ।
केन्द्रीय निर्वाचन समितिले असोज २१ गते दाबी-विरोधमाथिको छानबिन र उम्मेदवारी फिर्ताको प्रक्रिया सकिएपछि अन्तिम नामावली सार्वजनिक गरेको हो।
सभापतिका लागि गगन थापा र श्यामकृष्ण खड्गी उम्मेदवार छन्।
वरिष्ठ उपसभापतिमा भने विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित भएका छन्।
चार उपसभापतिमध्ये दुई खुला पदका लागि सात जना उम्मेदवार छन्। गोविन्द भट्टराई, चन्द्रकान्त भण्डारी, चन्द्रमोहन यादव, दीपक गिरी, धनराज गुरूङ, मधु आचार्य र सुरेन्द्रराज पाण्डे खुलातर्फ प्रतिस्पर्धामा छन्।
महिला उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित भएकी छन्।
समावेशीतर्फको एक उपसभापति पदका लागि जीवन परियार, फरमुल्लाह मन्सुर, विनोद चौधरी, रञ्जित कर्ण र सीता गुरूङ गरी पाँच जना प्रतिस्पर्धामा छन्।
तीन महामन्त्रीमध्ये दुई खुला पदका लागि आठ जनाको उम्मेदवारी परेको छ। अमरसिंह पुन मगर, उदयशमशेर राणा, गुरूराज घिमिरे, नैनसिंह महर, प्रदीप पौडेल, शंकर घिमिरे, सन्तोष उपाध्याय र सुनीलकुमार शर्मा उम्मेदवार छन्।
महिला महामन्त्रीको एक पदका लागि डिला संग्रौला (पन्त), महालक्ष्मी उपाध्याय (डिना) र रीता खनाल प्रतिस्पर्धामा छन्।
मतदान बिहीबार बिहान १० देखि साँझ ६ बजेसम्म हुनेछ। मतदान स्थल प्रदेश अनुसार राष्ट्रिय सभागृह र खुलामञ्चमा तोकिएको छ।
उम्मेदवारहरूको अन्तिम नामावली यस प्रकार छ —