जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जना किशोरलाई पक्राउ गरेको छ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ निवासी १८ वर्षीय जीवन भनिने रुपक भण्डारीलाई उक्त अभियोगमा पक्राउ गरेको छ।
पक्राउ परेका भण्डारीले १७ वर्षीया सल्यान जिल्लाकी किशोरीलाई एक वर्ष अगाडिदेखि डर त्रास देखाएर करणी गर्दै आएको प्रहरीले बताएको छ।
घोराही उपमहानगरपालिका वडा नं. १४ डोक्रेनामा कोठा भाडामा लिएर बस्दै आएका भण्डारीले एक वर्षदेखि बेइज्जत गरिदिने वा बारम्बार ज्यान लिने धम्की दिँदै ती किशोरीलाई बलात्कार गर्दै आएको प्रहरीले बताएको छ।
भण्डारीले सल्यानकी ती किशोरीलाई सुरूमा विवाह गर्छु भन्दै ललाइफकाइ करणी गरेको र त्यसपछि कतै भनेमा ज्यान लिने धम्की दिँदै आएको भन्ने पीडितले जोहरीका आधारमा पक्राउ गरिएको दाङ जिल्ला प्रहरी प्रमुख एवं एसपी बेलबहादुर पाण्डेले बताए।
भण्डारी विवाहित हुन्।
दाङ देउखुरी जिल्ला अदालतले भण्डारीलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको प्रहरीले बताएको छ।